
काठमाडौ । द फ्लीक मोडल्सको पहिलो संस्करणको उपाधि दीपेन्द्र सोनाम र सीमा श्रेष्ठले जितेका छन् । फोकस फेसनले आयोजना गरेको पेजेन्ट जितेसँगै उनीहरुले ५० हजार रुपैयाँ प्राप्त गरे ।
सिन्धुपाल्चोकका दीपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन् । सात गीतमा स्वर दिइसकेका उनले तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।
महिलातर्फकी विजेता सीमाले यसअघि पनि सौन्दर्य प्रतियोगितामा अनुभव बटुलेकी छन् । गोरखाकी उनले यसअघि व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ मा बेस्ट ड्रेस अवार्डको उपाधि जितेकी थिइन् ।
उनले द फ्लीक मोडल्समा उत्कृष्ट ड्रेस, फोटोजेनिक, लिडरसिप र बेस्ट टाक्सको सहउपाधि पनि जितिन् । सागर बस्नेत र अंकी सेती फस्ट तथा वेदान्त रञ्जित र सीमा गुरुङ सेकेण्ड रनरअप घोषित भए । वेदान्त रञ्जित र अंकी सेती मिस्टर र मिस ट्यालेन्ट, केविन श्रेष्ठ र सीमा गुरुङ मिस्टर र मिस क्याटवक, जेम्स दुनदास र अमिषा सुवेदी मिस्टर र मिस एटिच्युड घोषित भए ।
यस्तै, शरद करेन र स्वति यादव मिस्टर र मिस कन्फिडेन्ट, सविना बस्नेत मिस पर्पेmक्ट फिगर, बार्बी योञ्जन मिस बब्ली, निशा गजुरेल मिस वेस्ट स्माइल, सागर बस्नेत र सुस्मिता बराल मिस्टर र मिस पंचुआलिटी, रत्नकुमारी महर्जन मिस डिसिप्लेन, प्रदीप राई र शान्ति शाही ठकुरी मिस्टर र मिस लोयल तथा प्रतिमा पाण्डे मिस ब्युटीफुल आइजको टाइटल विजेता भए ।
रमिता भण्डारीले चर्या नृत्य प्रस्तुत गरेर मनोरञ्जक तुल्याएको फिनाले फोटोग्राफर राजभाइ सुवाल, मोडल दीपक घिमिरे, मेकअप आर्टिस्ट सिर्जना श्रेष्ठ र इभेन्ट अर्गनाइजर विशाल गुरुङ निर्णायक थिए ।
मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेका लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था फोकस फेसनका अध्यक्ष आदर्श शर्माले बताए ।
प्रतिक्रिया 4