
२७ साउन, काठमाडौं। नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।
बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले राष्ट्रपति भण्डारीलाई नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरण गर्न आग्रह गरेको हो ।
राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ अवस्थामा राखेकी छन्।
यस्तै समितिले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
जसमा मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री कृष्ण श्रेष्ठले बताए । बैठकले संघीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिबो ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया 4