
२७ साउन, बुटवल । सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ ।
शुक्रबार नेपाली कांग्रेसको प्रदेश कार्यालय, बुटवलमा बसेको पाँच दलका नेताहरुको वैठकले बैठकले कमजोरीका बाबजुद स्थानीय निर्वाचनमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकमा गठबन्धनलाई अझै मजबुत बनाएर लैजाने निर्णय गरेको छ ।
बैठकले साझा उम्मेदवार चयनका लागि आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4