
२७ साउन, काठमाडौं । काठमाडौं नयाँ बानेश्वरमा इनारमा खसेका युवकको उद्धार गरिएको छ ।
रक्सीले मातेर बानेश्वर-बिजुलीबजार सडक खण्डको सडक छेउमा रहेका व्यक्तिलाई प्रत्यक्षदर्शीहरुले उद्धार गरेका हुन् ।
घटनास्थलमा नै रहेकी एक युवतीले आफू बाननेश्वर चोकदेखि पछ्याउँदै आएका तीनजना मध्ये एक युवक इनारमा खसेको बताइन् ।
‘उनीहरु मलाई जिस्क्याउँदै आइरहेका थिए, म डरले भागेँ, मलाई पछ्याउने मध्य एक जना इनारको डिलमा बसेका थिए’, नाम उल्लेख गर्न नमानेकी उनले भनिन्, ‘थाकेर बसेछन् भन्ने ठानेर मैंले फर्केर हेर्दा त उनी इनारमा झरे ।’
नजिकैको कार्यालयबाट भर्याङ्ग ल्याएर इनारमा खसेका व्यक्तिको उद्धार गरिएको थियो । उनलाई उद्धार गरेपछि सँगै आएका अरु २ जना साथीले लिएर भागेका छन् । उनीहरुको परिचय खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4