
२७ साउन, धनगढी । महाकाली नदीमा नुहाउने क्रममा दुई किशोरी बेपत्ता भएका छन् । बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित मौरामा महाकाली नदीमा नुहाउन गएका किशोरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले मौराकै १४ वर्षीया संगिता टमटा र १५ वर्षीया कविता टमटा नदीमा नुहाउने क्रममा बेपत्ता भएको जानकारी दिए ।
उनका अनुसार शुक्रबार दिउँसो करीब २ बजे घरबाट नुहाउन भनेर हिडेका उनीहरुसँगै रहेकी अर्की किशोरीले बेपत्ता भएको खबर गरेकी थिइन् ।
अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली र स्थानीयहरु बेपत्ता किशोरीको खोजी कार्यमा जुटेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4