२८ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् ।
बहराइनको अमेच्याेर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनकाे लागि अनुबन्ध गरेको हो ।
क्लबले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनलाई अनुबन्ध गरिएको जनाएको छ । मनिषले च्यानम्पियन मछिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए ।
२० वर्षीय मनिषले २०२१ मे मा इराकविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गर्दै गाेलसमेत गरेका थिए ।
दक्षिण काेरियामा फुटबल सिकेका उनले नेपालकाे यू-१९ र यू-२३ टिमबाट समेत खेलिसकेका छन् । यस्तै विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए ।
मनिषले नेपालका लागि १४ खेल खेल्दै २ गाेल गरेका छन् ।
प्रतिक्रिया 4