
२९ साउन, काठमाडौं । काठमाडौं सडक र फुटपाथमा थुप्रिएकाे फोहोर वर्षाले गर्दा छरपस्ट भएकाे छ ।
काठमाडौंका पुतलीसडक, जमल, सिनामंगल, बागमती नदीकिनारमा रहेकाे फोहोर पानीमा डुबेर छरपस्ट भएकाे छ । काठमाडौं महानगरपालिकाकाे फोहोर सहज ढंगले नउठेको एक महिनाभन्दा धेरै भइसकेको छ ।
सडकका छेउमा थुप्रिएकाे फोहोर शनिबारदेखि परेको पानीले जलमग्न भएको सडकमा तैरिएर भद्रगोल भएको हो । काठमाडौं कालीमाटीको प्रवेशद्वार फोहोरको डंगुरले बन्द भएकाे छ । सहरका मुख्य चोकहरु फोहोरको डंगुरले अस्तव्यस्त छन् ।
धेरैपछि शनिबार फोहोर बोकेका गाडी बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका छन् । ठूलो संख्यामा प्रहरी तैनाथ गरेर फोहोर बञ्चरेडाँडा लगिएको थियो ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)का अनुसार हिजो फोहोरका १५२ वटा गाडी बञ्चरेडाँडामा पुगेका छन् । कुनै अवरोध नभएमा आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको दाबी छ ।
काठमाडौंकाे फोहोर व्यवस्थापन गर्न महानगरका ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरूबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिक रुपमा १५० गाडी फोहोरको व्यवस्थापनमा हुनुपर्ने बताएका छन् ।
फोटो : आर्यन धिमाल
प्रतिक्रिया 4