
२९ साउन, काठमाडौं । जनमत पार्टी र पिछडा वर्ग निषाद दलित जनजाति पार्टीले एउटै चिह्नमा चुनाव लड्ने भएका छन् ।
दुई पार्टीबीच भएको छलफलमा अर्को पार्टी जनमतकै निर्वाचन चिह्न लाउडस्पिकर (हर्न)मा चुनाव लड्न तयार भएको हो ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ । उक्त निर्वाचनमा सहकार्य गर्ने दुई पार्टी सहमत भएका हुन् ।
सहमति पत्रमा जनमतका अध्यक्ष सि.के.राउत र पिछडाका अध्यक्ष प्रितम मुखियाले हस्ताक्षर गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4