
२९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।
आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर जसपाका तर्फबाट बोल्दै सांसद लिलादेवी सिटौलाले राष्ट्रपति राष्ट्रको हुनुपर्नेमा पार्टी विशेष, व्यक्ति विशेष हुन पुगेको हो कि भन्ने आशंकासहित प्रश्न उठाएकी हुन्।
विगतमा केपी ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश तुरुन्तै जारी गर्ने तर, ओली नेतृत्वको सरकारले नै ल्याएको अध्यादेशलाई विधेयकका रुपमा ल्याएर पास गर्दा प्रमाणीकरण नगर्ने किन भन्ने उनको प्रश्न छ ।
सांसद सिटौलाले व्यक्त गरेको बिचार
नागरिकता विधेयक : हिजो केपी शर्मा ओली ज्युले लगभग दुई तिहाईको सरकार चलाउनुभयो । २२ महिनासम्म नागरिकता विधेयकमाथि समिति (प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति)मा छलफल भयो तर, उहाँले विधेयकको रुपमा संसदमा ल्याउनुभएन ।
जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर संसदबाट पास गराउनुभएको नागरिकता विधेयकलाई अध्यादेशका रुपमा ल्याउनुभयो । र हाम्रो सम्माननीय राष्ट्रपति ज्युले (तुरुन्तै) लालमोहोर लगाउनुभयो । तर, आज त्यही अध्यादेशको रुपमा केपी शर्मा ओली ज्युले ल्याउनु भएकै विधेयक संसदमा आयो र पास भएर गयो । तर, उहाँ (राष्ट्रपति)ले लालमोहोर लगाउनुभएको छैन् ।
यो बिडम्बना यो राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ कि म सम्बन्धित र पद र त्यस पदमा रहनुहुने माननीय व्यक्तिहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
धेरै नागरिकहरु नागरिकताबिहीन छन् । यदि नागरिकता विधेयकमा केही अब्जेशन राख्नुपर्ने थियो भने तीन/तीन वर्षसम्म सरकार एकहोरो रुपमा चलाएर दुई तिहाई नजिकको सरकारले किन पास नगरेको ?
आज आमाको पनि नागकिरता छ, बाबुको पनि नागरिकता छ, छोराछोरीहरु नागरिकता नपाएर तड्पिरहेको अवस्था छ । आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको कुरा पटक–पटक आइरहेको छ ।
तर, किन प्रतिटपक्षी दल र देशका सम्मानित पदमा बस्ने महानुभावहरुको ध्यानाकर्षण सक्दैन ? म दु:खका साथ विनम्र पुर्वक सभामुखमार्फत संसदको र सारा देशासी र बुद्धिजिवीहरुको ध्यानाकर्षण गर्न चाहन्छु ।
प्रतिक्रिया 4