
२९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा १ साउनमा पक्राउ गरिएको अख्तियारको दाबी छ ।
अनुसन्धानको सिलसिलामा उनले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस/रिसवत माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार साथबाट बरामद भएको पुष्टि भएकाले ४४ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4