+

न्युजिल्यान्डका तीव्र गतिका बलर हेन्‍री चोटग्रस्त

२०७९ साउन  २९ गते १४:३० २०७९ साउन २९ गते १४:३०
न्युजिल्यान्डका तीव्र गतिका बलर हेन्‍री चोटग्रस्त

२९ साउन, काठमाडौं । वेष्ट इन्डिज विरुद्धको एकदिवशीय शृंखलाअघि न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेन्‍री चोटग्रस्त भएका छन् ।

चोटका कारण उनले शृंखला गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा बायाँ हातमा असहज भएपछि उनलाई वेष्टइन्डिजबाट न्युजिल्यान्ड फर्काइएको छ ।

३० वर्षीय हेन्‍रीलाई सेप्टेम्बरमा हुने अष्ट्रेलियाविरुद्धको च्यापल ह्याड्ली ट्रफी खेल्न सकुन् भन्ने मनसायले घर फर्काइएको हो ।

‘म्याट हेन्‍रीले यो अवस्थामा घर फर्किनु उनको लागि दुखद घटना हो । चोट खासै गम्भीर छैन । हामीले यसमा खेलाएर जोखिम लिन चाहेनौं’, न्युजिल्याण्डका मुख्य प्रशिक्षक गेरी स्टिडले भने, ‘तीन खेलको प्रतियोगितामा चोटग्रस्त खेलाडीलाई प्रतिस्थापन गरेर फिट खेलाडीलाई नै ल्याउनु हामीले उपयुक्त देख्यौं ।’

हेन्‍रीको स्थानमा अनुभवहीन वेन सियर्सलाई टोलीमा स्थान दिइएको छ । १७ अगष्टबाट सुरु हुने खेलमा २४ वर्षीय सियर्सले एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गर्नेछन् । उनले एक दिवशीय अन्तर्राष्ट्रिय खेलका लागि उत्साहित रहेको बताएका छन् ।

प्रशिक्षक स्टिडले युवा खेलाडी सियर्स एक उत्कृष्ट युवा खेलाडी भएको र उनको खेल्ने तरिका राम्रो लाग्ने प्रतिक्रिया दिएका छन् । ‘युवा खेलाडी सियर्स राम्रो क्षमता भएका खेलाडी हुन्’, स्टिडले भने । सियर्सले ६ वटा टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

न्युजिल्याण्ड क्रिकेट म्याट हेन्‍री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय