२९ साउन, काठमाडौं । आगामी भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ ।
श्रीलंकामा हुने च्याम्पियनसिपमा दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको खेलतालिका अनुसार समूह बीमा रहेको नेपालले भदौ २२ गते भुटानसँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल भारतसँग भदौ २४ गते खेल्नेछ ।
समूह एमा घरेलु टोली श्रीलंकासँगै बंगलादेश र माल्दिभ्स छन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल भदौ २९ गते हुनेछ ।
साफ यू-१७ च्याम्पियनसिपको लागि नेपालले अहिले तयारी गरिरहेको छ । देशभरबाट खुल्ला छनोट मार्फत प्रारम्भिक चरणमा ६० खेलाडीलाई छनोट गरिएको थियो । हाल ३० खेलाडी बन्द प्रशिक्षणमा छन् ।
प्रतिक्रिया 4