
काठमाडौं । कलाकार नगेन राईको एकल चित्रकला प्रदर्शनी पोखरामा सुरु भएको छ । गाईजात्रा र कृष्ण जन्माष्टमीको अवसर पारेर गरिएको प्रदर्शनमा २१ वटा कलाकृति राखिएको छ ।
नगेन आर्ट एकेडेमी र विश्व हिन्दू युवा संघको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा राखिएका चित्रमा अल्कोहलिक मसीको प्रयोग गरिएको कलाकार राईले बताए ।
राईका यसअघि १० वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौं सामूहिक चित्रकला प्रदर्शनी भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4