
काठमाडौं । तीजलाई लक्षित गरेर गायिका प्राश्ना शाक्यको स्वरमा ‘माइती आँगन’ गीत सार्वजनिक भएको छ । गीतमा मञ्जु खनालको शब्द, सुनिल मास्केको संगीत र प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ ।
नाच्ने शैलीको गीतको भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा बेलायतमा बस्दै आएका कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शिक्षा पौडेल, विनिता थापा, विनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरले अभिनय गरेका छन् ।
भिडियोको छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् । श्रेष्ठ बेलायतमा बसोबास गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4