
काठमाडौं । सनराइज बैंकले नवलपरासीको सुनवल–३ स्थित कीर्तिपुरमा चौतारी निर्माण गरेको छ । २६ साउनमा आयोजित एक कार्यक्रमका बीच नवनिर्मित चौतारीको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले स्थानीयहरु विश्राम गर्ने, छलफल, भेला तथा कार्यक्रमहरु गर्ने थलोको रुपमा चौतारा प्रयोग हुने बताइन् ।
बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले संस्थागत उत्तरदायित्व अन्तर्गत देशका विभिन्न ठाउँहरुमा बैंकले भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गरिरहेको बताए । बैंकले हरेक वर्ष नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तर दायित्वमा खर्च गर्दै आएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4