
९ साउन, दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा ९ जना घाइते भएका छन् ।
आइतबार साझ ५ बजे बागदुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा ९ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सत्यनारायण थापाले बताए । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए ।
घाइतेलाई उपचारका लागी जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । घटनाबारे थप बिबिरण आउन बाकी रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4