
फाइल तस्वीर ।
२९ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ ।
शेखर पक्षको बैठक चलिरहेको बेला देउवाले उनलाई बोलाएका थिए । देउवाले बोलाएपछि कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट गरेका हुन् । देउवा र शेखरबीच भएको छलफलको विषय भने खुलेको छैन ।
शेखर पक्षका दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीहरुको बैठक आज बोलाइएको थियो ।
‘हिजोको बैठकमा उठेका विषय जानकारी दिने गरि छलफलका लागि जुटेका थियौं’, नुवाकोटका पूर्व जिल्ला सभापति जगदिशश्वर नरसिंह केसीले भने, ‘प्रधानमन्त्रीले बोलाएपछि शेखर दाइ बालुवाटार जानुभयो । हामीले केहीबेर छलफल गरेर बैठक सकायौं ।’
प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको कार्यशैलीप्रति कोइराला पक्ष असन्तुष्ट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4