
२९ साउन, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षले आफू निकटका भ्रातृ संस्थाका पूर्व पदाधिकारीको बैठक बोलाएको छ ।
उक्त समूहको आज बसेको बैठकले भ्रातृ संस्थामा आवद्ध नेता तथा कार्यकर्तासँग छलफल गर्ने निर्णय गरेको हो । शेखरको सम्पर्क कार्यालयमा दोस्रो तहका नेता तथा भ्रातृ संस्थाका पूर्व पदाधिकारीको बैठक बसेको थियो ।
‘पाँच भ्रातृ संस्थामा विगतमा आवद्ध भएका नेता तथा कार्यकर्तालाई बैठकमा बोलाइएको छ’, नुवाकोटका पूर्व जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले भने, ‘भोलिको त्यो बैठकले कसरी अघि बढ्ने निर्णय गर्छ ।’
नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ र आदिवासी जनजाति संघमा आवद्ध रहेकालाई बैठकमा बोलाइएको छ । सभापति शेरबहादुर देउवाले अध्यक्ष तोकेका पाँच भ्रातृ संस्थाका नेता तथा कार्यकर्तालाई छलफलका लागि बोलाइएको हो ।
पाँचै भ्रातृ संस्थामा देउवा निकटलाई अध्यक्ष बनाइएको छ । आजको बैठकमा शेखर पक्षका कांग्रेस पदाधिकारी भने उपस्थित भएका थिएनन् ।
प्रतिक्रिया 4