
३० साउन, काठमाडौं । आज यस वर्षको साउन महिनाको अन्तिम सोमबार । सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा चहलपहल छ ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
बोलबम तीर्थालुहरुको पनि पशुपतिलगायत देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको पशुपतिसहित भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो छ ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4