
काठमाडौं । सोमबारसम्म कायम इकाइधनीले मात्रै एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि-५० को लाभांश प्राप्त गर्नेछन् ।
एनएमबि म्युचुअल फन्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिप्टिको प्रस्तावित लाभांश सोमबारसम्म कायम इकाधन प्राप्त गर्नेछन् ।
दुवै फन्डले आर्थिक वर्ष २०७८/७९ का लागि योजनाको इकाइधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण प्रयोजनार्थ ३१ साउन २०७९ को लागि बुक क्लोज मिति तय भएको छ ।
सोही अनुसार ३० साउन सोमबारसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांश प्रापत गर्नेछन् ।
दुवै म्युचुअल फन्डको विगतको लाभांश विवरणः
एनएमबि हाइब्रिड फण्ड एल – १ | एनएमबि-५० | ||
आव | प्रतिशत (%) | आव | प्रतिशत (%) |
०७५/७६ | १०.०० | ०७६/७७ | ५.०० |
०७६/७७ | ८.०० | ०७७/७८ | ३०.०० |
०७७/७८ | २०.०० | ०७८/७९ | २१.०५ |
०७८/७९ | २१.०५ |
एनएमबि क्यापिलले २६ साउनदेखि पाँचौं म्युचुअल फन्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ निष्कासन गरिसकेको । उक्त योजनाको निष्कासन छिट्टोमा ३१ साउन र ढिलोमा ९ भदौसम्म आवेदन दिन सकिने जनाएको छ ।
प्रतिक्रिया 4