+

मैत्री खेलका लागि युगलकिशोर राई सहायक प्रशिक्षक नियुक्त

२०७९ साउन  ३० गते १५:०९ २०७९ साउन ३० गते १५:०९
मैत्री खेलका लागि युगलकिशोर राई सहायक प्रशिक्षक नियुक्त

३० साउन, काठमाडौं । असोजमा हुने बंगलादेशसँगको मैत्री खेलका लागि युगलकिशोर राई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

उनीसँगै विनोद डंगोल गोलरक्षक प्रशिक्षकको रुपमा नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार यी दुई प्रशिक्षकलाई नियुक्त गरेको हो ।

नेपालले असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम तय भएको छ ।

यसअघि एन्फाले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा रहेका कारण प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । हुमागाईंले मैत्रिपूर्ण खेलका लागि ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन् ।

युगलकिशोर राई विनोद डंगोल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय