
काठमाडौं । टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सन गाडी नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । भारतमा अग्रणी स्थान ओगट्न सफल नेक्सन गाडीको माग पछिल्लो समय नेपाली बजारमा पनि उच्च रहेनुले यसको लोकप्रियता बढ्दै गएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आइसी र ईभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको विक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ ।
सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेका छन् । फलस्वरूप यहाँ उच्चकोटीका एसयूभीको मागमा बढोत्तरी भइरहेको कम्पनीले बताएको छ ।
नेपाली बजारमा विभिन्न एसयूभी ब्राण्डहरु बीचको तीब्र प्रतिस्पर्धामा नेक्सन अन्य भन्दा बढी कुशल एवं विश्वसनीय सावित हुनुको पछाडि तीन महत्वपूर्ण तत्वहरु रहेको कम्पनीको भनाइ छ ।
मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा यो गाडीको महत्वपूर्ण तत्व भएको कम्पनीले बताएको छ । यही कारण नेक्सनले धेरै भन्दा धेरै ग्राहकहरुको बदलिंदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरुलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको कम्पनीको भनाइ छ । यससँगै यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा आफ्नो एक विशिष्ठ पहिचान बनाइरहेको कम्पनीको दावी छ ।
प्रतिक्रिया 4