
३० साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ थाइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई कारवाही गरेको छ ।
कम्पनीले तनहुँको दमौलीमा बोर्डको स्वीकृतविना कारोबार गरेको पाइएपछि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डको प्रवक्ता रुपेश केसीले बताए ।
धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कम्पनीलाई नगद जरिवाना गरिएको बोर्डको भनाइ छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्ने व्यवस्था गरेको छ । तर, कम्पनीले बोर्डको स्वीकति नलिई शाखा कार्यालय स्थापना गरेको पाइएपछि बोर्ड सञ्चालक समितिको निर्णयअनुसार कम्पनीलाई कारवाही गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4