
३० साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसम)को आयोजनामा कुसम रोजगार तथा इन्टरसीप मेला आगामी साता हुने भएको छ ।
२२ र २३ अगष्टमा आयोजना हुने मेलामा विद्यार्थी र कर्पोरेट हाउसहरुलाई एक अर्कासँग भेट गराउने माध्यम बन्ने विश्वास आयोजकले लिएको छ । यो मेला सन् २०११ यता आयोजना हुँदै आइरहेको छ ।
मेलाबाट रोजगारदाताले आफूलाई आवश्यक पर्ने प्रतिभालाई छनोट गर्न सक्ने अवसर पनि पाउने आयोजकको भनाइ छ । यस वर्ष कुल ६४ कम्पनीले मेलामा भाग लिने र २ सय विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4