
३० साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला संस्थापन पक्षविरुद्ध खबरदारी सभा गर्ने भएको छ ।
भ्रातृ संस्थाको अध्यक्षमा पार्टी सभापति एकलौटी गरेको विरोधमा खबरदारी सभा गर्न लागिएको नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए ।
‘पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको छ । त्यसको विरुद्धमा सभा गर्न लागेका हौं ।’ पाण्डेले भने, ‘ भाद्र १ मा खबरदारी सभा गरिने भएको छ ।’
भ्रातृ संस्थामा शेखर निकट रहेकाहरुले संयुक्त रुपमा विरोध सभा गर्न लागेका हुन् । शेखर पक्षीय नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघले विरोध सभा आयोजना गरेका छन् । सभामा आफ्नो समूहका दोस्रो तहका नेता साथै भ्रातृ संस्थाका नेताहरुले सम्बोधन गर्ने पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4