
३० साउन, विराटनगर । राधाकृष्ण जन्मअष्टमीको अवसरमा विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिने भएको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको राधाकृष्ण रथयात्रा यो वर्ष निकालिने भएको हो ।
कोरोना संक्रमण बढेका कारण यो वर्ष रथयात्रा नगर्ने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले बताएको थियो । तर रथयात्रा गर्नुपर्ने भन्दै स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएपछि समितिले भदौ ४ गते रथयात्रा गर्ने निर्णय गरेको आयोजक समितिका सदस्य कृष्ण कार्कीले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार कोरोना महामारी बढेका कारण यअघि रथयात्रा ननिकाल्ने सहमति भएको थियो । केही दिनयता रथयात्रा हुनुपर्ने भन्दै आवाज उठेपछि सतर्कतासहित यात्रा गर्ने तयारी भएको उनले बताए ।
विराटनगर तीनपैनै चोकमा रहेको राधाकृष्ण मन्दिर परिसरबाट १९८८ सालमा ‘खट’ यात्रा सुरु गरिएको थियो । २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिँदै आएको छ । खट यात्रासहित ९१ औं र ५४ औं रथयात्रा भदौ ४ गते दिउँसो गरिनेछ । रथले विराटनगरका मुख्य बजार परिक्रमा गर्नेछ । कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करणमा भने खट यात्रा मात्रै गरिएको थियो ।
प्रतिक्रिया 4