
३० साउन, काठमाडौं । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले दुई दिने गुम्बा व्यवस्थापन तालिम कार्यक्रम सुरु गरेको छ ।
काठमाडौंको स्वयम्भूमा सोमबारदेखि सुरु भएको उक्त तालिममा ४० गुम्बाका लामा गरुहरूले प्रशिक्षण लिइरहेका छन् ।
तालिममा गुम्बाको आन्तरिक व्यवस्थापन, पञ्चशील पालनालगायतका विषयमा प्रशिक्षण भइरहेको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले बताए ।
निर्देशक दोङका अनुसार प्रशिक्षणमा देशभरका करिब ४० गुम्बाका लामा गरुहरूले प्रशिक्षण लिइरहेका छन् ।
समितिका आचार्य नुर्बु शेर्पा‚ लेखा अधिकृत विनीता भण्डारी, प्रशासकीय अधिकृत वन्दना कुमारी झा, योजना अधिकृत सन्जु योङ्गया प्रशिक्षणमा रहेको गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पाले बताए ।
कार्यक्रमको प्रमुख अतिथिमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) रहेका थिए ।
यस्तै कार्यक्रमको अतिथिमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होमबहादुर दोङ‚ सदस्य महेन्द्रजङ्ग तामाङ‚ विश्वकुमार लामा‚ पाल्देन लामा लगायतले प्रशिक्षकहरूलाई पनि स्वागत गराइएको थियो ।
प्रतिक्रिया 4