३१ साउन काठमाडौ । डुसान भ्लाहोभिच र यसै समरमा अनुबन्ध भएका एन्जल डि मारियाको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्सले इटालियन सिरी ए मा ससुओलोलाई ३-० ले हराएर नयाँ सिजनमा सुखद सुरुआत गरेको छ ।
सोमबार राति घरेलु मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सका भ्लाहोभिचले दुई गोल गरे भने डि मारियाले एक गोल र एक असिस्ट गरे ।
खेलको २६ औं मिनेटमा डि मरियाले एलेक्स सान्ड्रोको पासमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थि थिए । ४३औं मिनेट भ्लाहोभिचले पेनाल्टीमार्फत गोल गर्दै पहिलो हाफमा युभेन्ट्सको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा युभेन्ट्सले एक गोल थप्यो । डि मारियाकै पासमा भ्लाहोभिचले ५१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
सिरी ए कै अर्को खेलमा नापोलीले भेरोनालाई ५-२ ले पराजित गरेको छ ।
प्रतिक्रिया 4