
काठमाडौं । युवापुस्तामाझ रुचाइएका गायक नितेशजंग कुँवर सांगीतिक करिअर टुंग्याउने निर्णयबाट पछि हटेका छन् । इन्स्टाग्राममा लामो वक्तव्य जारी गर्दै उनले आफूले विगतमा गरेको निर्णयबाट पछि किन हट्नुपर्यो भन्नेबारे प्रष्टीकरण पनि दिएका छन् ।
केही वर्षअघि उनले आफ्नो सांगीतिक करिअर टुंग्याउनेबारेको स्टाटस पोस्ट गरेका थिए । उक्त घोषणापछि उनलाई फ्यानले त्यसो नगर्न र करिअरलाई जारी राख्न दबाब दिंदै आएका थिए ।
नितेशले लेखेका छन् :
आज तपाईंसामु आएर यी कुरा भन्नका लागि मैले आफ्ना सबै इमान्दारितालाई जम्मा गरेको छु । भावनाबाट अस्थिर भएर मैले पटकपटक स्टाटस पोस्ट गर्ने अनौठो बानी मेरो जीवनको हिस्सा पनि बनेको छ । मेरो परिवार, साथीहरु र समर्थकले हस्तक्षेप गर्दै यी कुराबाट शान्त रहन मलाई भनेका छन् ।
आफ्नी आमाबाट यस्तो कुरा नआएसम्म मैले यो कुरालाई सधैं बेवास्ता गरिरहें । अब मैले जे गरेको छु त्यसलाई स्वीकार्ने र आफूलाई सुधार्ने समय आएको छ । लगभग दुई वर्ष पहिलेको मेरो पोस्ट तपाईंहरुमध्ये धेरैलाई थाहा होला । मैले त्यतिबेला परिवर्तन खोज्दै नेपाली सांगीतिक करिअरलाई टुंग्याउने बताएको थिएँ ।
यो पोस्टलाई धेरै प्रशंसकले मलाई प्रश्न गर्नुभएको छ । मेरा श्रोताले मैले संगीत छाड्दैछु भन्ने बुझेपछि बीचमा गलत बुझ्नुभयो, जुन सही होइन । म आफ्नो सांगीतिक करिअरलाई अझै फराकिलो बनाउन चाहन्थें । मैले औपचारिक रुपमा केही बताएको छैन, तर सोही महिना मेरो आदर्श पिताको देहावसान भएपछि मैले उक्त निर्णय लिएको थिएँ । बुवाको निधनले मेरो जीवनलाई निकै विचलित तुल्यायो ।
मेरो युट्युब च्यानलले पनि काम गर्न छाडेको थियो । तर समयले सबै पीडालाई निको पारेको छ र यतिबेला मैले सबै मेरा बफादार प्रशंसकलाई माफी माग्नुपर्छ भन्ने महसुस भएको छ । हुनसक्छ म आन्तरिक रुपमा कतै हराएको थिएँ र मार्गनिर्देशन पनि खोजिरहेको थिएँ ।
मेरा लक्ष्यहरु अझै जीवन्त छन् र मेरो दृष्टि सधैं बलियो छ । म जीवनमा जहाँ पुग्छु, म मेरो जनताको प्रतिनिधित्व गर्न जाँदैछु । म माफी माग्न चाहन्छु कि मैले मेरा जनतालाई कुनै न कुनै रुपमा निराश तुल्याएको छु । यो मेरो नियत थिएन । मैले अब पाठ सिकेको छु ।
स्टेजमा आफ्नो कन्सर्ट नगरेको पनि वर्ष बित्यो । मलाई लाग्छ, समय अब आइपुग्यो । माथि चढ्नुअघि हरेक कलाकारले स्टेजमा अभिवादन गर्छन् । म मेरा मानिसलाई आफ्नो सम्मान दिन चाहन्छु जसले मलाई एक बनाएको छ । कुनै दिन हामीले यो संसारमा संगीतमार्फत सन्देश फैलाउनेछौं ।
त्यसभन्दा अघि म तपाईंहरुलाई भन्न चाहन्छु कि म सबैभन्दा पहिले मेरा जनताको लागि गाउनेछु । कुन देश, कुन भाषा, कुन विधा भन्ने कुराले फरक पार्दैन । मेरो लागि महत्वपूर्ण कुरा भनेको एकता हो । यो भनाइसँगै मलाई तपाईंका अनुत्तरित जवाफहरु दिनुस र बन्द गर्नुस् पुरानो अध्याय ।
अहिले पनि मतिर औंला सोझिएको हुनसक्छ, तर मैले शान्तिपूर्वक यी निर्णय लिएको हुँ ।
प्रतिक्रिया 4