
३१ साउन, रोल्पा । अरिङ्गालले टोकेर रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका-१० धाँसीका ५४ वर्षीय जयबहादुर बुढामगरको अरिंगालले टोकेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका अरिंगाल पोल्ने क्रममा उनलाई अरिंगालले टोक्दा घाइते भएका थिए । घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि रोल्पा अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4