
काठमाडौं । नेपालमा टीभीएस टू ह्वीलरको एकमात्र वितरक जगदम्बा मोटर्सले स्याङ्जाको वद्खोलामा सुविधासम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्टस् सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ ।
कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, पुतली बजार नगरपालिका वडा नम्बर ३ र ४ का वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4