
३१ साउन, काठमाडौं । भक्तपुरको बोडेमा चार दिन चार रात मनाइने नीलबाराही नाच मंगलबार सकिएको छ ।
चार दिनअघि मध्यरातमा सुरु भएको नीलबाराही नाच बोडेको नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै नारायणथानमै पुगी समापन गरिन्छ । नीलबाराही नाच बोडेमा गुंलागा द्धितीयामा सुरु भई गुंलागा पञ्चमीसम्म चार दिनसम्म नचाइन्छ ।
नीलबाराही नाच कहिलेदेखि सुरु भएको भन्ने यकिन प्रमाण छैन । तर भक्तपुरको नवदुर्गा नाचसँगै नीलबाराही नाच सुरु भएको मानिन्छ ।
यो नाचमा भैरव १, बाराही ४, कुमारी ४, सिंहिनी ४, द्वारपाल २ र गणेश ४ गरी १९ जना देवी देवताको भेषमा सहभागी हुन्छन् । ती देवगणहरूले घरबाट निस्केदेखि खाना खानु र बोल्नु हुँदैन भन्ने मान्यता छ ।
हेर्नुहोस् तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4