
काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।
नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवम् व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका नेपाल पे क्यूआर सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, नायब महाप्रबन्धक प्रसिद्ध राज अर्याल लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4