
३१ साउन, काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको बताए ।
मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध गरेका थिए ।
गाडीले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर खसाल्दा पनि यता बाटोमा प्रहरी र स्थानीय आन्दोलनकारीबीच झडप भइरहेको छ । स्थानीय वासिन्दाले प्रहरीलाई लक्षित गरेर डुंगामुढा गरेका छन् भने प्रहरीले रबरको गोली र अश्रुग्यास हानेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले घटनाका बारेमा बेलुका मात्रै प्रष्ट थाहा हुने बताए । ‘कति राउण्ड रबर गोली, अश्रु ग्याँस प्रहार भयोे । बेलुका मात्रै थाहा हुने स्थिती रहेको छ । स्थानीयले ढुंगा हानिरहेकोले प्रहरीले बल प्रयोग गरिरहेको छ’, उनले भने ।
प्रतिक्रिया 4