
३१ साउन, काठमाडौं । गत आर्थिक वर्षमा अहिलेसम्मकै ठूलो घाटा व्यहोर्नु परेको नेपाल आयल निगमले दाबी गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आर्थिक वर्ष २०७८/७९ मा निगमले ५० अर्ब रुपैयाँ घाटा व्यहोरेको दावी गरे ।
‘निगमको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहे पनि गत वर्षको घाटा मोटामोटी ५० अर्ब रुपैयाँ पुगेको छ,’ थानीले भने, ‘जसमध्ये १७ अर्ब रुपैयाँ हामीले विभिन्न स्रोत र मौज्दातबाट मिलान गर्यौं । बाँकी त बक्यौता र बैंक ऋण नै छ ।’
आव २०७८/७९ मा नेपालले ३ खर्ब १० अर्बको पेट्रोलियम कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । आव २०७७/७८ मा निगमले १ खर्ब ५८ अर्बको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।
आव २०७७/७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको थियो । त्यस अघि निगम १३ अर्ब रुपैयाँ नाफामा थियो ।
प्रतिक्रिया 4