
मंगलबार दल दर्ताका लागि आवेदन दिन पुगेका राजनीतिक दलका नेताहरु निर्वाचन आयोगमा ।
३० साउन, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन ८४ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार ती ८४ दलमा ४ वटा समूह पनि छन् । छुट्टा छुट्टै दल मिलेर बनेका ती चार वटा समूहले एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न आवेदन दिएका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दल दर्ताका लागि साउन २२ गतेदेखि साउन ३१ गते कार्यालय समयसम्मको समयसीमा निर्धारण गरेको थियो । तोकिएको समयमा ८४ वटा राजनीतिक दलले आवेदन दिएका हुन् ।
नेपालको संविधानको धारा २७१ मा निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता भएका थिए । तीमध्ये आउँदो चुनावमा भाग लिन ८४ वटा दलले आवेदन दिएका हुन् ।
आवेदन दिएका दलहरुको सूचि :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4