+
+

केन्द्रीय सदस्य मनोनित नगरेकोमा सांसद चौधरीको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:२९

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले केन्द्रीय सदस्य मनोनित नगरेकोमा चित्त दुखाएकी छन् । उनले संसदको कार्याकाल सकिएलगत्तै पार्टीको साधारण सदस्यसमेत परित्याग गर्ने बताएकी छन् ।

चौधरी केन्द्रीय सदस्यका आकांक्षी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार १० महिला केन्द्रीय सदस्य मनोनित गर्न उनी अटाइनन् । उनले केन्द्रीय सदस्य मनोनयनमा आफू अट्न नसकेको भन्दै देउवालाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु ।’

सांसद चौधरीले अनलाइनखबरसँग कुरा गर्दै सांसदको कार्यकाल सकिएपछि पार्टी छाड्न लागेको बताइन् । ‘पार्टी केन्द्रीय सदस्य त मनोनित गरेनन् भने टिकटको आश गर्ने कुरै भएन,’ चौधरीले भनिन्, ‘जनताको अभिमत कदर गरेर सांसदको कार्यकाल रहँदासम्म बस्छु, त्यसपछि पार्टीका साधारण सदस्यता पनि त्याग्छु ।’

कांग्रेस छाडेपछि के गर्ने भन्ने त्यो बेलाका परिस्थितिमा भर पर्ने सांसद चौधरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?