
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका छन् । बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा कोइरालाले आज बिहान चियापान आयोजना गरेका हुन् ।
नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका लागि कोइरालाले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।
कार्यक्रममा पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखसहित कोइराला निकट नेता–कार्यकर्ताहरु सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4