+

नेपाल आइपुगे फुटबल प्रशिक्षक हुमागाई, छिट्टै प्रशिक्षण सुरु गर्ने

२०७९ भदौ  १ गते १३:५९ २०७९ भदौ १ गते १३:५९
नेपाल आइपुगे फुटबल प्रशिक्षक हुमागाई, छिट्टै प्रशिक्षण सुरु गर्ने

१ भदौ, काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक मुख्य प्रशिक्षक बनेका प्रदीप हुमागाई काठमाडौं आइपुगेका छन् । हाल अमेरिकामा बसोबास गर्ने उनी बुधबार बिहान स्वदेश फर्किएका हुन् ।

बुधबारै अखिल नेपाल फुटबल संघ (एन्फा) ले हुमागाईलाई सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्वागत गरेको छ । नेपालले ११ असोजमा दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसैका लागि २६ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले हुमागाईंलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो ।

एन्फाले हुमागाईंको सहायक प्रशिक्षकमा युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हाल बिरामी बिदामा आफ्नै देश कुवेतमा छन् । खेलाडी-प्रशिक्षक विवादको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदनको विषयमा अल्मुताइरीको जवाफ आउन बाँकी रहेकाले पनि एन्फाले बंगलादेशसँगको खेलका लागि नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

हुमागाईले मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीलाई छनोट गरिसकेका छन् । हुमागाई आएपछि राष्ट्रिय टिमको प्रशिक्षण पनि छिट्टै सुरु हुने भएको छ । बिहीबार प्रशिक्षक हुमागाईले टिम मिटिङ गर्ने र त्यसपछि प्रशिक्षणको मिति तय हुने एन्फा महासचिव किरण राईले जानकारी दिए ।

पछिल्लो समय पुटबल गतिविधि नहुँदा कतिपय फुटबल खेलाडी विदेश पलायन भएका छन् भने केही खेलाडी भारतको स्थानीय प्रतियोगिता खेल्न गएका छन् । हुमागाईले बोलाएका केही खेलाडीहरु भारतबाट बुधबार नेपाल आइपुग्दैछन् ।

हुमागाईंले बन्द प्रशिक्षणका लागि बोलाएका ४० खेलाडी

गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ

मिडफिल्डर : सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट,

फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईं, अभिषेक रिजाल, भरत खवास

एन्फा प्रदीप हुमागाईं फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय