+

सी डिभिजन छनोटका लागि भदौ २४ सम्म टिम दर्ता गर्नुपर्ने

२०७९ भदौ  १ गते १४:१० २०७९ भदौ १ गते १४:१०
सी डिभिजन छनोटका लागि भदौ २४ सम्म टिम दर्ता गर्नुपर्ने

१ भदौ, काठमाडौं । असोज १ देखि सुरु हुने शहिद स्मारक सी डिभिजन छनोट फुटबलका लागि भदौ २४ गतेसम्म टिम दर्ता गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आह्वान गरेको छ ।

एन्फाले बुधबार सूचना जारी गर्दै इच्छुक क्लबहरुले भदौ २४ गते भित्र एन्फाको सचिवालयमा क्लब र खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । क्लब दर्ता २५ हजार रुपैयाँ लाग्ने र खेलाडी र अफिसियल दर्ता शुल्क जनही १ हजार रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।

क्लब दर्ता गर्दा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, वाणिज्य विभाग वा स्थानीय तहमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष २०७७/७८ को कर चुक्ता, क्लबको विधानको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

टिम र खेलाडी दर्ताका लागि एन्फाको आधिकारिक वेवसाइटबाट फारम दर्ता गर्न सकिनेछ ।

एन्फा सी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय