
१ भदौ, दाङ । रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ ।
सानीभेरी गाउँपालिका–४ स्थित सानीभेरी नदीको बीचको टापुमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीका अनुसार नदीको बीचमा अड्किको अवस्थामा भेटिएको शव निकालिएको छ ।
मृतकको पहिचान भने खुलेको छैन । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4