+
+

सत्तारुढ गठबन्धन एजेण्डाविहीनको गठजोड : रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १४:२६

१ भदौ, रोल्पा । नेकपा एमालेका सचिव टोपवहादुर रायमाझीले एमालेबाहेक कुनै पनि दलले आफ्नो एजेण्डा लिएर चुनावमा जान नसकेको टिप्पणी गरेका छन् ।

बुधबार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सत्तारुढ गठबन्धनलाई एजेण्डाविहीनहरुको गठजोड भएको आरोप लगाए । ‘दलाल पुँजीवादको वकालत गर्ने नेपाली कांग्रेससंग समाजवादी भन्ने माओवादीहरुको एजेण्डा कसरी मिल्यो’ रायमाझीले प्रश्न गरे ।

अहिले तत्कालका लागि नेकपा एमालेलाई केही अप्ठेरोमा परेको जस्तो देखिए पनि यसले कालान्तरमा फाइदा पुग्ने उनले दावी गरे ।

आफूहरु नेकपाको निरन्तरको रुपमा रहेको नेकपा एमालेमा रहेको बताउदै केही व्यक्तिहरु पार्टी छोडेर बाहिरिएको बताए । पार्टी छाडेर गएकाहरु पनि मूल पार्टीमा फर्किने तयारीमा रहेको सचिव रायमाझीले बताए ।

सशस्त्र युद्ध कालमा आफू रोल्पा रुकुम लगायतको आधार इलाकामा २ वर्ष ईन्चार्ज भएर बिताएको स्मरण गर्दै माओवादी केन्द्रमा देखिएको रोल्पा रुकुमको विवाद युद्धकालकै निरन्तरता भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?