
फाइल तस्वीर
१ भदौ, काठमाडौ । काठमाडौंको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ ।
नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको हो ।
‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन’ उपप्रमुख शाक्यले भनिन् ।
कीर्तिपुर नगरपालिकामा ४ वटा निजी संस्थाहरुले फोहोर उठाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4