
काठमाडौं । माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती निक्षेपको आधारमा कर्जा लिन सकिने भएको छ । बैंकको मोबाइल बैंक एप ‘एमबीएल स्मार्ट’ मा ‘स्मार्ट लोन अगेन्टस फिक्स डिपोजिट’ सुविधाको सुरुवात गरेको जनाएको छ ।
उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा ‘लोन अगेन्स फिकस डिपोजिट’ सुविधा प्रयोग गरि मोबाइल बैंकिङ मार्फत सजिलै कर्जा लिन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कर्जा लिनका लागि बैंकसम्म पुगेर विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरी अनलाईन तथा मोबाइल बैंकिङ एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा ‘लोन अगेन्स एफडी’ आफूले चाहेको समयमा लिन सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4