+
+

सत्ता गठबन्धन देशद्रोही : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १७:२०

१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन देशद्रोही भएको बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले गठबन्धन नराम्रो मात्रै नभएर देशद्रोही भएको बताए । ‘गठबन्धन ! कस्तो नराम्रो । यो देशद्रोही गठबन्धन’ ओलीले भने, ‘एमसीसीलाई चिठी लेख्छ, लेखेको छैन । आइसक्यो । त्यस्तो त होइन, लेखेको थियो भन्छ ।’

गठबन्धनको उद्देश्य नेताहरुको जहान र परिवारका लागि भएको आरोप उनले लगाए । ‘गठबन्धनका सबै नेताहरुको जहान, परिवार । जहान भनेको त बुझ्नु हुन्छ होला नि साथीहरुले । जहान, परिवार नेपाली भाषामा’ ओलीले भने, ‘सबै नेताहरुको त्यति छ ।’

तर एमालेको उद्देश्य भने पृथक रहेको ओलीले बताए । उनले नेपाली कांग्रेस गठबन्धनबिना उभिनै नसकिने अवस्थामा पुगेको बताए । ‘कांग्रेसले प्रजातन्त्र भन्थ्यो, त्यो पनि छोड्यो । प्रजातन्त्र सजातन्त्र सिद्धियो, गठबन्धन मात्रै भन्छ’, ओलीले भने ।

ओलीकाे भनाइ भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?