
१ भदौ, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-७ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी)ले कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र ४२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
बुढाथोकीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी सेञ्चुरी बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार कार्यालय पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4