
१ भदौ, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेशनल पेमेन्ट इन्टरफेसमा आवद्ध भएको छ ।
एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको लघुवित्तले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा छिमेक लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
सम्झौतासँगै छिमेक लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4