
१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध नगरिदिन स्थानीयलाई अपिल गरेका छन् ।
काठमाडौं फोहोरले अस्तव्यस्त भएको उल्लेख गर्दै थापाले यही अवस्था हुँदा महामारी फैलन सक्ने सम्भावना रहेकोतर्फ सचेत बनाएका छन् ।
‘सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनुभएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु ।’ थापाले अपिलमा भनेका छन्,‘कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं ।’
स्थानीयसँग भएको सम्झौता कार्यान्वयनमा महानगर र मेयर लागिरहेको हुँदा साथ दिनका लागि उनले आग्रह गरेका छन् । ‘महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ ।’ थापा भन्छन्,‘ यसपटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ । विश्वास गरौं ।’
प्रतिक्रिया 4