
१ भदौ, काठमाडौं । सांसद राजकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । जेठ अन्तिम साता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएका बेला यादव दुबैतिर खुलेका थिएनन् ।
डा. भट्टराईले पछिल्लो समय आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका छन् र माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने सहमति गरेका छन् । नेसपा नेताहरुका अनुसार सांसद यादव निरन्तर सम्वादमा थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समेत छलफल गरेका थिए ।
तर बुधबार जसपातिर खुलेका छन् । काठमाडौंमा बसेको जसपा राजनीतिक समितिको बैठकमा यादव सहभागी भएका हुन् । बैठकमा ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल भएके नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4