
काठमाडौं । विवाह गरेको एक वर्ष बिते पनि अभिनेता कार्मले गुपचुप राखिरहेका थिए । तर उनको विवाहको तस्वीर बाहिरिएको छ, जहाँ उनी बेहुला लुक्समा देखिएका छन् ।
तस्वीरमा बेहुली अवतारमा एनी सोफीलाई पनि देख्न सकिन्छ । उनीहरु ‘म्यारिज लुक्स’मा प्रफुल्ल देखिएका छन् । कोरोना महामारीलाई कारण बताउँदै कार्म र एनीले सीमित पाहुनाको उपस्थितिमा विवाह गरेका थिए ।
तर कोरोनाकै कारण रोकिएको भनिएको उनको बिहे रिसेप्सन शनिबार हुँदैछ । कार्मका पिता महेन्द्र र आमा घनलक्ष्मीले छोरा-बुहारीको बिहे भोजको निम्तो बाँडिरहेका छन् ।
उनीहरु निकट कलाकार, निर्माता र आफन्तलाई बोलाइएको यो भोजलाई परम्परागत नेवारी भोज भनिएको छ । कार्म एनीसँग केही वर्षदेखि रिलेसनसिपमा थिए ।
प्राप्त विवरणअनुसार एनी रक गायिका समेत हुन् । उनले केही नेपाली क्लब र कार्यक्रममा यसअघि सांगीतिक प्रस्तुत समेत दिएकी छन् । उनी फ्रान्सकी रहेको बताइन्छ ।
प्रतिक्रिया 4